‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ सार्वजनिक(भिडियोसहित)

432
  •  
  •  
  •  

काठमाडौं । ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिमको ग्रामीण क्षेत्रको जनजीवनलाई चित्रण गर्दै सम्पादन गरिएको भिडियो सार्वजनिक भएको हो ।

अछामको तुर्माखाँद गाउँपालिका र भारत, राजस्थानको जैसलमेरको भिडियो दृश्यावलोकन गरिएको छ । उक्त दृश्यमा सुदूरपश्मिको विकट क्षेत्रका मानिसहरूको जीवन भोगाइलाई चरित्र चित्रण गरिएको छ । गाउँ छोडेर रोजगारीको खोजीमा परदेशिने एक युवाको जीवन कहानीलाई भिडियोमा दुरुस्त उतार्न खोजिएको छ ।

सामाजिक सन्देशमूलक यस भिडियोमा परदेशिएका श्रीमानलाई पर्खिरहेकी अर्धाङ्गिनीको अवस्था पनि भिडियोबाटै देख्न सकिन्छ ।

नारायण नेपालको शब्द रहेको गीतमा भूपु पाण्डे र मेलिना मैनालीले स्वरबद्ध गरेका छन् । जसमा योगेश दाहालको छायाङ्कन रहेको छ भने मनोज कार्कीको दृश्य सम्पादन रहेको छ । भिडियोको रङ्ग संयोजन श्याम कुँवरले गरेका छन् ।

सागरबाबु भट्टको निर्देशनमा निर्माण गरिएको भिडियोमा सङ्गीत संयोजन गायक पाण्डेले गरेका छन् । सङ्गीत मुद्रण नरेन्द्र वियोगीले गरेका छन् ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •