सप्तरीमा मोटरसाइकल चाेर्ने गिरहाे प्रहरीकाे फन्दमा

288
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): सप्तरीमा मोटरसाइकल चाेर्ने एक गिरहाे प्रहरीकाे फन्दमा परेका छन्। प्रहरीले चोरीका मोटरसाइकलसहित गिरहाेमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।

पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका – १ का ३० वर्षीय सञ्जय यादव, डाक्नेश्वरी नगरपालिका – ४ का १८ वर्षीय सञ्जयकुमार यादव, राजविराज नगरपालिका – ७ का १८ वर्षीय प्रदीपकुमार राम र १९ वर्षीय राजेशकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गिरहाेले विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर प्रयोग गर्ने तथा त्यसकाे पार्टपुर्जा निकालेर बिक्री गर्ने
प्रहरीले जनाएकाे छ।

प्रहरीले विशेष सूचनाकाे अाभारमा उनीहरुलार्इ ५ थान मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका विरुद्ध मोटरसाइकल चोरी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •