काठमाडौंमा भौतिक पूर्वाधार तथा निर्माण मन्त्रीको घरबाट ६ लाख चोरी

261
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : काठमाडौंमा भौतिक पूर्वाधार तथा निर्माण मन्त्रीको घरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।प्रदेश ३ का भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको महांकालस्थित घरमा चोरी भएको हो।

ढोकाको ताल्चा फुटाएर चोरी भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले बताए। मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो। प्रहरीका अनुसार स्थापितको घरबाट सुन लगायत ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएकाे छ।

मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। शंकास्पद व्यक्तिहरुमाथि छानबिन भइरहेको बौद्ध वृत्तले जनाएकाे छ।


  •  
  •  
  •