चोरीका मोटरसाइकलसहित दुई चोर पक्राउ

1389
  •  
  •  
  •  

फाइल फाेटाे

काठमाडौं, १५ चैत (ओएनएस) : चोरीका मोटरसाइकलसहित दुई चोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजविराजका नगरपालिका ६ का १९ वर्षीय रामकुमार भनिने रामप्रसाद दास र छिन्नमस्ता गाउँपालिका ३ का १८ वर्षीय शम्भु मुखिया रहेका छन्। चारी गरेको मोटरसाइकल मोटरसाइकल चलाउँदै गरेको अवस्थमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

राजविराज ७ स्थित एक औषधि पसल अगाडी पार्किङ गरी राखिएको अवस्था चोरी भएको स.७.प २९४४ नम्बरको उक्त मोटरसाइकलसहित दास पक्राउ परेका हुन्।

यसैगरी नम्बर नदेखिने गरी केरमेट गरेर चोरीको मोटरसाइकलमा हिंड्दै गरेको अवस्थामा छिन्नमस्ता मुखिया पनि पक्राउ परेका हुन्। चोरी भएको स.६.प ४५३५ नम्बरको कालो रंगको पल्सर १५० सि.सि.

को मोटरसाइकलको नम्बर केरमेट गरी चढेको पत्ता लागेपछि मोटरसाइकलसहित मुखियालाई पक्राउ गरेको डीएसपी ध्रुबकुमार श्रेष्ठले बताए। पाँच दिनअघि मात्र प्रहरीले नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरिरहेको चोरीका पाँच मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको थियो।


  •  
  •  
  •