एक वर्षमा झण्डै तीन हजार चोरीका मुद्दा

82
  •  
  •  
  •  

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ६ सय ४६ व्यक्ति विरुद्द चोरीको मुद्दा दायर भएको छ ।

प्रतिकात्मक तस्बिर

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेका छन् ।

कार्यालयका अनुसार साधारण चोरीमा दुई हजार १ सय ४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ भने डाँका चोरी १ सय ९९, नकबजनी चोरी १ सय ५५, सवारी चोरी १ सय २३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको छ ।

यसअघि प्रहरीले आव २०७४/७५ मा चोरीका घटनामा एक हजार ६२८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

यस्तै काठमाडौं उपत्यकामा चोरीका घटनामा ८ सय ८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •