खुकुरी देखाएर साढे ३ लाख लुटियो

470
  •  
  •  
  •  

काठमाडौं, २६ चैत(ओएनएस) : काठमाडौं बौद्धस्थित पाथीभरा मनी ट्रान्सफरबाट खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटिएको छ ।

मोटरसाइकलमा आएका तीन जना युवाले खुकुरी देखाएर मंगलबार बिहान साढे ३ लाख रुपैयाँ लुटेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा लुटिएको प्रहरीले जनाएको छ । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •