मैतिदेवीको एक सहकारीबाट ४ लाख रुपैयाँ चोरी

1792
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । काठमाडौं मैतिदेवीमा रहेको एक सहकारीबाट ४ लाख रुपैयाँ चोरी भएको छ ।
नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सो रकम चोरी भएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले सेफको ताला फुटाएर चोरी भएको बताए । घटनाको प्रहरीले अनुसन्धान गरिराखेको बताइएको छ ।

सहकारीको सीसी टीभीमा भने ताला फुटाएको दृश्य कैद नभएको बताइएको छ । सीसी टीभीमा पनि केही नदेखिएकाले सहकारीको वस्तुस्थितिबारे राम्रोसँग जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यसैबीच काठमाडौं, गोकर्णेश्वर–७ मा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनका गरगहनासहित नगद चोरी भएको छ ।
धादिङ घर भएका नवराज घिमिरेको कोठाबाट सोमबार साँझ सुनका २ तोला गरगहना र नगद २० हजार रुपैयाँसहित गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।


  •  
  •  
  •