२० लाख बराबरको चोरी

1010
  •  
  •  
  •  

महोत्तरी, २७ चैत(ओएनएस) : महोत्तरीका दुई स्थानमा मंगलबार राति २० लाख रुपैयाँ बराबरको चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भंगाहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट ११ लाख बराबरको गरगहना चोरी भएको छ ।

चोरले ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बांगो पारेर चोरी गरेको प्रहरीले जनाएको छ ।
पसलबाट छ लाख पर्ने सुनका विभिन्न गरगहना र सात किलो चाँदी चोरी गरेका हुन् ।
त्यस्तै मंगलबार राति नै लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरास्थित लक्ष्मीनारायण शर्माको घरमा चोरी भएको छ । घरको छतबाट घरभित्र पसी लाखौँको चोरी भएको शर्माले बताए ।
चोरहरुले ६ लाख रुपैयाँ बराबरका सुनका गरगहना, ३५ तोला चाँदी, ३५ हजार नगदसहितका सामान चोरी गरि लगेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •