बुल्गेरियामा विहेको लागि केटी रोज्ने मेला (फोटोफिचर)

687
  •  
  •  
  •  

काठमाडौं, २६ चैत : घरघरमा पुगेर केटी हेरी विहे गर्ने चलन नेपालमै छ । तर सयौँ युवतीहरुलाई मेलामा राखेर आफूले जुन रोज्यो त्यही विहे गर्न पाइन्छ भन्ने सुन्दा तपाइँलाई पनि अनौठो लाग्ला । तर यो सत्य हो ।
बुल्गेरियामा अहिले त्यस्तै एउटा मेला चलेको छ, जहाँ युवतीहरु प्रशस्त छन् । विहे गर्न चाहने युवकले त्यहाँ पुगेर रोजीरोजी विहे गर्न पाउँछन् ।
युवतीहरुलाई सो मेलामा अभिभावकले नै ल्याउँछन् । अनि विहे गर्न इच्छुकले युवती र उनका अभिभावकसँग कुरा गरेर टुङ्गो लगाउनुपर्ने हुन्छ । क्यापिटन इन्ड्रीभोबाट मेलामा छोरी लिएर पुगेकी एलेनाले भनिन् ‘छोरीले राम्रो केटा भेटोस् भनेर ल्याएको हो ।’
विहे गर्न चाहने युवकले युवतीलाई तोकिएको रकम दिनुपर्छ । दुवै पक्षबिच सहमति भएमा त्यहिँ विहे हुन्छ । नाचगान, खानपान पनि त्यहिँ रमाइलोका साथ गरिन्छ ।
मेलामा भरपुर श्रृङगार गरेका युवतीहरु नयाँनयाँ लुगामा सजिएका भेटिन्छन् । गीत गाएर नाच्छन् । यसपटकको मेलामा बुल्गेरियाको दक्षिणी भेगबाट आएका २ हजार भन्दा बढीको जमघट छ ।
बुल्गेरियाको गाउँमा यस्तो मेला आयोजना हुने गछै । अहिले स्टारा जागोरामा नजिकैकौ मोगिला भन्ने गाउँमा मेला आयोजना गरिएको छ ।
रोमा समूदायमा सदियौँदेखि प्रचलित केटी किन्ने मेला वर्षको दुईपटक आयोजना हुन्छ ।
छोरीको कुमारित्व कायमै राख्न रोमा समूदायका अभिभावकहरुले १५ वर्षको उमेरदेखि स्कूलबाट निकाल्छन् । त्यसपछि केटाको सम्पर्कमै जान नदिने युवतीहरुलाई एक्कासी विहेको बेला मेलामा लगिन्छ ।
यो मेलामा युवतीहरुमात्र नभए सम्बन्ध बिच्छेद भएकाहरु पनि विहे गर्नको लागि पुग्छन् ।
एजेन्सीहरुको सहयोगमा
यो पनि पढ्नोस् 
 b1 b2 b4 b5 b6 b7 Bulgaria Bridal Market b9 b10 b11 b12 b13 b14 b15 b16 b17 b18 b19 b20 ROMA BRIDE MARKET BULGARIA ROMA BRIDE MARKET BULGARIA

  •  
  •  
  •  

Comments are closed.