प्रश्न उठेका सबैले निकास दिए राजीनामा दिन्छुः प्रधानन्यायाधीश

64
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सडक र बाहिरबाट राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन्। १५ न्यायाधीशसँगको भेटमा जबराले सडक र बाहिरबाट राजीनामा माग्दैमा राजीनामा दिने हो भने न्यायालय बच्न नसक्ने बताए ।
फैसलामा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामा दिन तयार रहेको उनले भेटमा बताएका थिए। ‘म संवैधानिक तवरले नियुक्ति भएको हुँ। निकास दिने भए सबैले निकास दिऊँ,’ उनको भनाइ थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए। तर मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिएका थिए।


  •  
  •  
  •