प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने न्यायाधीशहरुको निष्कर्ष

85
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने भएका छन । सोमबार बसेको न्यायाधीसहरुको बैठकले मंगलबार बिहान प्रधानन्यायाधीश जबरालाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत विवादमा परेको भन्दै प्रधानन्यायाधीशले निकास दिनुपर्ने निस्कर्ष न्यायाधीशहरुको छ । प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट तथा इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने भएका हुन् ।

मंगलबार विहान न्यायाधीशहरुले साढे एघार बजे प्रधानन्यायाधीस राणासँग छलफल गर्ने समय समेत तय भएको छ । विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए । तर न्यायाधीशहरु इजलासमा सहभागी नभइ छुट्टै छलफल गरेका हुन् ।


  •  
  •  
  •