ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

186
  •  
  •  
  •  

चितवन, २२ भदौ (ओएनएस) : चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना ६ख २३८९ नंको ट्रकले ना २० प ६८ नम्बको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •