भरतपुर अस्पतालमा मृत्यु भएका यादवलाई कोरोना नलागेको पुष्टि

56
  •  
  •  
  •  

चितवन । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा मंगलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको देखिएको छ।

वीरगन्ज निवासी ३० वर्षीय यादवलाई ज्वरो र निमोनिया भएपछि भरतपुरको कोरोना अस्थायी अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो। अस्पतालका अनुसार यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। रिपोर्ट नेगेटिभ आएपछि उनको अन्त्यष्टिका लागि शव हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
मंगलबार बिहान परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा उनको नमुना पठाइएको थियो।

मिर्गौला र लुपस रोगबाट पीडित यादवले भरतपुरको चितवन मेडिकल कलेजमा एकवर्षदेखि उपचार गराइरहेका थिए। सोमबार उनलाई एक्कासि ज्वरो बढेपछि भरतपुरको कोरोना अस्थायी अस्पताल भर्ना गरिएको थियो।


  •  
  •  
  •