चितवनको सुरक्षा व्यवस्था कडा, २ सय प्रहरी परिचालन गर्ने तयारी

557
  •  
  •  
  •  

चितवन । चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आज देखि सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी गराए ।

उनले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताए । शान्तिपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने उनले चेतावनी दिएका छन् ।
पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा चितवन प्रहरीले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।
प्रहरीले तीनै जनालाई अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान शुरु गरेको छ ।

लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा पटक–पटक झडप समेत हुने गरेको छ ।

प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी पुडासैनी मृत अवस्थामा फेला भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा,५ प्रहरी घाइते


  •  
  •  
  •