भरतपुर महानगरपालिका वडा न‌ं ५ को कार्यालयमा बम विस्फोट

आशंकामा ६ पक्राउ
440
  •  
  •  
  •  

चितवन, २९ फागुन(ओएनएस) : चितवनको भरतपुर महानगरपालिका वडा न‌ं ५ को कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

विस्फोटका कारण वडा कार्यालयको झ्यालको सिसा फुटेको छ । विस्फोटपछि आगजनीबाट कागजपत्र जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो महानगरको दमकल, सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

मंगगलबारराति साढे बाह्र बजेतिर बम विस्फोट गराइएको हो । बिस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामाथि अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसि‌ंह राठौरले जानकारी दिए ।


  •  
  •  
  •