चितवनमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि

186
  •  
  •  
  •  

चितवन । चितवनमा आज थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका अनुसार संक्रमितमध्ये एक जना चितवनका रहेका छन् । भरतपुर महानगरपालिका १४ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । संक्रमित अन्य ६ जना बाहिरी जिल्लाका रहेका छन् ।
पौडेलका अनुसार नवलपुर वौदीकाली ४ का २० वर्षीय युवक, अर्घाखाँचीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थानका २० वर्षीय एक युवक र ३५ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । नुवाकोटका एक बालक र एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तारकेश्वर ५ नुवाकोटका ६ वर्षीय बालक र ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।


  •  
  •  
  •