पर्वतमा चितुवालाई सडकमा डोहोर्‍यापछि(भिडियोसहित)

278
  •  
  •  
  •  

काठमाडौं । हामी सोच्छौं । चितुवाले मान्छेलाई आक्रमण गर्छ । चितुवाको आक्रमणबाट मान्छेको मृत्यु भएको धेरै घटनाहरु सुन्दै आएका छौं । तर पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा भने सोमबार स्थानीयले चितुवालाई सडकमा डोहोर्‍याएर हिँडेका छन् । धाइरिङको केराबारीबाट स्थानीय र प्रहरीले चितुवालाई नियन्त्रणमा लिएका हुन् ।


दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी चौकीलाई खबर गरेका थिए ।

खबर पाउलगत्तै धाइरिङ पुगेको प्रहरी टोली र स्थानीय चितुवालाई नियन्त्रणमा लिएका हुन् । कुकुरलाई जस्तै सडकमा डोराएर हिँडाए। उनीहरुले चितुवासँगै सेल्फि समेत खिचेका छन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिरामी जस्तो देखिने चितुवालाई बन कार्यालय पठाइएको छ ।

भिडियो

स्थानीयले चितुवालाई सडकमा डोहोर्‍याएर हिँडेका छन् ।

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा भने सोमबार स्थानीयले चितुवालाई सडकमा डोहोर्‍याएर हिँडेका छन् । धाइरिङको केराबारीबाट स्थानीय र प्रहरीले चितुवालाई नियन्त्रणमा लिएका हुन् ।दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी चौकीलाई खबर गरेका थिए ।खबर पाउलगत्तै धाइरिङ पुगेको प्रहरी टोली र स्थानीय चितुवालाई नियन्त्रणमा लिएका हुन् । कुकुरलाई जस्तै सडकमा डोराएर हिँडाए। उनीहरुले चितुवासँगै सेल्फि समेत खिचेका छन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।बिरामी जस्तो देखिने चितुवालाई बन कार्यालय पठाइएको छ ।

Outline News यांनी वर पोस्ट केले सोमवार, २२ जून, २०२०

 


  •  
  •  
  •