शिक्षामन्त्री भन्छिन् : मेडिकल शिक्षाको समस्या समाधान हुन्छ भने राजीनामा दिन तयार छु

303
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) :  शिक्षामन्त्री चित्रलेखा यादवले मेडिकल शिक्षामा देखिएको समस्या समाधान हुनेभए राजीनामा दिन तयार भएको बताएकी छिन् ।

डा. गोविन्द केसीले त्रिवि पदाधिकारीलगायत शिक्षामन्त्रीकाे राजीनामासहित १० बुँदे माग राख्दै विगत एघार दिनदेखि आमरण अनशन जारी राखेपछि मन्त्री यादवले समस्या समाधान गर्नको लागि राजीनामा दिन समेत तयार रहेको एडुखबर डट कमसँगकाे कुराकानीमा बताएकी हुन् ।

उनले मेडिकल कलेजलाई सम्बन्धन दिने क्रममा शिक्षा मन्त्रीको हात नरहने उल्लेख गर्दै घुस लिएको भन्ने आरोपको समेत खण्डन गरेकी छिन् । उनले भनेकी छिन् , ‘ मन्त्रीले नै सबै कुरा गर्ने हो र भन्या ?  पैसा लिएर नै गरेको भन्ने के छ आधार ? जसरी हौवा पिटाईएको छ नी, कसैले केही नगरिकन प्रकृया शुरु भएको पनि त हुन सक्छ नी हैन रु हो मेडिकल शिक्षाको लागि स्थायी संयन्त्र बनाएर काम गर्नु पर्ने छ ।’

उनले आफुले राजनीमाना दिए समस्या समाधान हुने भएको तयार रहेको उल्लेख गर्दै अघि भनेकी छिन् ‘ मन्त्रीकै कारण सबै थोक भएको हो र रु यदि हो भन्ने आधार छ भने दिन्छु । मैले राजिनामा दिएर समाधान हुन्छ भने म दिन तयार छु । ईस्यु के हो भन्ने स्पष्ट हुनु पर्यो नी । जसको केही हात नै छैन त्यसलाई दोष लगाएर मात्र त भएन नी । ’


  •  
  •  
  •