संघीयताले देश तहसनहस : अध्यक्ष केसी

88
  •  
  •  
  •  

chitrabahadur_kcभक्तपुर, २५ पुष : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अहिले नै संघियताको आवश्यकता नभएको बताएका छन् । नेपालमा संघियताका लागि बाह्रय शक्तिको दबाब भईरहेको बताऊँदै अध्यक्ष केसीले संघीयताले देश तहसनहस हुने दाबी गरेका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति भक्तपुरद्धारा आयोजित संविधान निमार्णको आवश्यकता र सम्भावना विषयमा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा जनताको भावना र जनआन्दोलनको मर्म अनुसार संविधान निमार्णको पक्षमा रहेपनि दलहरूको सत्तामोहका कारण तोकिएको समय माघ ८ मै संविधान निमार्ण हुन नसक्ने बताएका छन् ।

राजनीतिक दलहरू संविधान निर्माणमा भन्दापनि माघ ८ पछि सरकारको नेतृत्वमा जानका लागि कसरत गरिरहेको आरोप लगाउँदै उनले नेपालका कम्यूनिष्टहरू शहर पसेका स्याल जस्तै भएको संज्ञा समेत दिए ।

राष्ट्र, जनता र बिदेशीको हस्तक्षेपका बारेमा नेपालका राजनीतिक दलहरुलाई कुनै चासो नभएको आरोप लगाउँदै अध्यक्ष केसीले नेपालमा संघियता, संविधान निमार्ण, शासकिय स्वरुपलगायतका बिषयमा बिदेशीहरुको चलखेल बढिरहेको प्रष्ट पारेका छन् ।


  •  
  •  
  •