चित्रबहादुर किन गएनन् प्रधानमन्त्रीसंग चाइना भ्रमणमा ?

306
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ (ओएनएस) ।  विदेश भ्रमण भनेपछि नेपालका नेताहरु सधै हुरुक्कै । विदेश भ्रमणमा जान पाएपछि मर्यादाक्रमको समेत ख्याल नगर्ने नेताहरुको प्रबृत्ति । त्यसैमा पनि चीनको भ्रमणमा जान कम्युनिष्ट नेताहरुको रुची अलि बढि नै हुने भयो ।

तै पनि नेपालका ‘केजरीवाल’ राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रधानमन्त्री सुशील कोइरालासंग चीन भ्रमणमा गएनन् । चीन भ्रमणमा सहभागि हुन प्रधानमन्त्री कोइरालाले आग्रह गर्दापनि केसी गएनन् ।

‘संविधान निर्माण प्रक्रिर्या ओझेल प¥र्यो भनेर संविधानसभाका अध्यक्षले विदेशी राजदूतलाइ बोलाएर भीषा नपठाइदेउ भन्ने, केसीले भने– एकजना सभासद्को हैसियतमा सभाध्यक्षले गरेको रुलिङ कसरी उल्लघन गर्नु ?’ प्रधानमन्त्री कोइरालाको प्रतिनिधि मण्डलमा ठूला–साना दलका गरी डेढ दर्जन सभासद् सहभागि थिए ।

‘प्रधानमन्त्रीले फेर दुइ फोन गरेर आग्रह गर्नुभएको थियो, मैले सभाध्यक्षले गरेको रुलिङ प्रधानमन्त्रीलाइ सम्झाए, प्रधानमन्त्रीले कुरा मिलाउछु भन्नुभएको थियो, तैपनि म गइन’ केसीले भने ।संविधान निर्माण भन्दापनि सभासद् विदेश भ्रमणमा जान थालेपछि सभाध्यक्ष सुवास नेम्वाङले राजदूत नै बोलाएर सभासद्लाइ भिषा नदिन आग्रह गरेका थिए । पटक पटकको रुलिङ पछिपनि सभासद्हरु विदेश भ्रमणमा जाने क्रम भने रोकिएको छैन् ।


  •  
  •  
  •