राष्ट्रको मुहार फेर्न स्थिर सरकार आवश्यक : मन्त्री केसी

164
  •  
  •  
  •  

झापा, ५ जेठ(ओएनएस) : उपप्रधान एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले राष्ट्रको मुहार फेर्नका लागि स्थिर सरकारको आवश्यकता रहेको बताएका छन् ।

झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सरकार स्थिर नरहेसम्म राष्ट्रको मुहार फेर्न नसकिने उनले बताए । उनले सरकारले अर्थतन्त्रलाई बलियो बनाउन निजी, साझेदारी र सरकारी तीन खम्बे अर्थनीति अवलम्बन गरेको स्पष्ट पारे ।

मुलुकमा गरिबी निवारणका लागि अगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम आउने स्पष्ट पार्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले गरिब परिवारलाई पहिचान गर्न मुलुकका २५ जिल्लामा गरिबी प्रमाणपत्र पनि वितरण गरिने कुरामा जोड दिए ।

आगामी बजेटमा ऐन र नियमको अभाव भएका कारण सहकारी प्रणालीमा विकृति आएको भन्दै यसका लागि सरकारले सहकारीसम्बन्धी ऐन र नियम ल्याउने जानकारी दिएका छन् ।


  •  
  •  
  •