‘ग्याँस र तेलसँग राष्ट्रियता साटिदैन’

127
  •  
  •  
  •  

काठमाडौँ, २४ कात्तिक(ओएनएस) : उपप्रधानमन्त्री चित्रबहादुर केसीले ग्यास र तेलसँग राष्ट्रियता साट्न नसकिने बताएका छन् ।

नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको समस्याका बारेमा अवगत गराउन पुगेका नेपाल सहकारी पत्रकारको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनतालाई पीडा भए पनि राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता खतरामा पारेर कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘जनजीविका अत्यन्त कष्टकर छ, तर पनि ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौँ ।’ नाकाबन्दीका विषयलाई अन्तर्राष्ट्रियकरण गरेर तत्काल समस्या समाधान गरिने उनको भनाइ थियो ।


  •  
  •  
  •