मन्त्री बनेपछि स्वरुप फेरियो, दिनचर्या के होला ?

289
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक (ओएनएस) :
उनी सामान्यतया सार्वजनिक यातायातमा नै यात्रा गर्छन । टेप्पो, बस, म्याइक्रोबाट गन्तब्यमा पुग्ने उनको दिनचर्यामा पर्छ । बुधवार उपप्रधानमन्त्री सहित सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा भने उनी अर्थात चित्रबहादुर केसी कसैको लिफ्ट मागेर शीतल निवास पुगेका थिए ।

मन्त्री भएपछि उनी के गर्लान ? यसको एकै स्वरमा उनले जवाफ दिए हिजो जे गरिन्थ्यो अब नि त्यही नै गर्छु । तर, त्यति सहज होला त ? अलि अकमकाउँदै उनको उत्तर आयो ‘भने जस्तो सहज त नहोला उपप्रधानमन्त्री भएपनि सार्वजनिक यातायातमा सुरक्षा गार्ड लिएर जानलाई केही असजिलो हुन्छ होला  तर जानु हुन्न भन्ने पनि छैन अवस्था हरेर निर्णय गर्छु ।’

७० बर्षमा करिव ५८ बर्ष राजनीति गर्दापनि सत्ताको कल्पना समेत नगरेका केसी केपी शर्मा ओली नेतृत्वको सरकार उपप्रधानमन्त्री बनेर सहभागि भएका छन् । निलो कोट, खरानी रङको दौरासुरवाल र कालो टोपीमा ठाँटिएर बिहीबार सपथ खान शीतल निवासमा पुगेका उनी शुक्रबार मान्त्रालयमा पनि त्यही पोशाकमा थिए ।

२०१४ सालदेखि नेपालको बामपन्थी राजनीतिमा रहेका केसीले १९ वर्ष भूमिगत जीवन बिताएका छन् । नेपाली राजनीतिमा संघीयताको बहस छिरेदेखि अन्तिमसम्म पनि त्यसको विरोधमा रहेका उनी संघियता कार्यान्वयन गर्ने ठाउँमा पुगेका छन् । ‘मैले सरकार जाउला समेत साचेको थिएन सरकार जानुपर्ने भयो’ केसीले भने, ‘अब संघियताको कार्यान्वयन पनि गर्नु नै पर्छ तर संघियता फाप्दैन भन्नेमा म अहिले पनि अडिक छु । ’


  •  
  •  
  •