‘नयाँ राष्ट्रिय सरकारभन्दा अहिलेकै सरकार बलियो’

252
  •  
  •  
  •  

chitra bahadur kcभक्तपुर, २४ जेठ(ओएनएस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता दलहरुलाई घाँडो भइसकेकाले प्रदेशको संख्यामा घटाउँदै गएको बताएका छन् ।

रफत सञ्चार क्लबले आइतबार गरेको साक्षात्कार कार्यक्रममा उनले यसअघि १४ देखि १५ प्रदेश चाहिन्छ भन्नेहरू अहिले पाँच वा छ प्रदेशमा झरेको बताए । उनले भने, ‘जनताले संघीयता नेपालको लागि महंगो साबित हुन्छ भन्ने जनदबाब सिर्जना गर्दै गए एक वर्षभित्रमा मुख्य दलहरुले संघीयता बिना नै संविधान जारी गर्नेछन् ।’

केसीले विपत पश्चात सस्तो ख्यातीका लागि जसरी राजनीतिक दलहरूले अग्रसरता देखाएका छन् । यसले पिडामा राहत नभएर आहत पारेको बताए । उनले विमानस्थलबाट राहतको सामानहरू चोरी हुनु र बंगलादेश लगायत विभिन्न देशबाट आएका खाद्यान्नहरू कुहिँदा समेत सरकार लगायत प्रतिपक्ष दलले राष्ट्रिय सरकार निमार्णको खेलमा लाग्नु आश्चर्य नभएको बताएका छन् । सत्ताको बागडोर आफ्नो हातमा नभए पछि पानीमा रहेको माछालाई बालुवामा राखेको जस्तो अवस्था प्रतिपक्षको भएको टिप्पणी गरेका छन् ।

खुल्ला आकाशमुनी बसेका जनतालाई पुनःस्थापना गर्नुको साटो दलहरू राष्ट्रिय सरकार निर्माण गर्ने खेलमा लागेको आरोप लगाउँदै केसीले पहिला लोकतान्त्रिक संविधान जारी गर्ने त्यसपछि मात्र राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने बताए ।

राष्ट्रिय सरकारको नाममा जातिवादी र क्षत्रियतावादीहरुलाई समेट्न थाले देश फेरी राजनीतिक द्वन्द्वमा फस्ने भन्दै उनीहरुले अब बन्ने राष्ट्रिय सरकार भन्दा यही सरकार धेरै दृष्ट्रिकोणले बलियो रहेको बताएका छन् । केसीले प्रतिपक्ष आफैंमा वैकल्पिक सरकार हो तर, नेपालमा प्रतिपक्ष र सत्तापक्ष छुट्टाउननै गाह्रो भएको भन्दै सक्तिशाली प्रतिपक्ष नभएको बताएका छन् ।

पहिलो संविधानमासभाले पनि संघीयताकै कारण संविधान निर्माण गर्न नसकेको चर्चा गर्दै उनले अब पनि दलहरुमा संविधान निर्माण गर्दा संघीयता नै गलाको पासो हुने आरोप लगाए । छिटो भन्दा छिटो स्थानीय निकायको निवार्चन नगरेसम्म देश उभो नलाग्ने चर्चा गर्दै केसीले स्थानीय निकायको अभावमा देश अधोगतिमा गएको विचार व्यक्त गरेका छन् ।

नेपालमा शक्ति केन्द्रले संघीयता भिडाएको र त्यही शक्ति केन्द्रले संघीयता नेपालको लागि घाडो भयो नभनेसम्म यकहाँका दलहरुलाई चेतना नआउने उनको भनाइ छ । दलहरु भूकम्प पीडितहरुलाई पुनःस्थाति गर्नु भन्दा पनि सत्ताको खेलामा लाग्नु बिडम्बना भएको चर्चा गर्दै केसीले नेपालमा ठूला दलहरु फोहोरी खेलामा लागेको बताए ।


  •  
  •  
  •