चिति सांस्कृतिक कला केन्द्रको‘लमजुङ चिती घर’ सार्वजनिक (भिडियोसहित)

1253
  •  
  •  
  •  


काठमाडौं । लमजुङ चिति सांस्कृतिक कला केन्द्रको पहिलो प्रस्तुती ‘लमजुङ चिती घर’ सार्वजनिक भएको छ । गीतमा गायक कृष्ण काले र गायीका मनिषा गजमेरले स्वर रहेको छ ।

लमजुङको परिवेश झल्काउने उद्देश्यका साथ सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा लमजुङको कला संस्कृतिलाई उजागर गरिएको छ । गीतमा नेपालकै लोकप्रिय बाजा पञ्चेबाजाको मिठो धुनसमेत सुन्न सकिन्छ । पुरुषोत्तम पन्तको नेतृत्वमा छायांकन भएको हाे ।

लोक दोहोरी शैलीको उक्त गीतको भिडियोमा नविन परियार र सरस्वती चिनाल फिचर्ड छन् । कमल घिमिरेले संगीत भरेको उक्त गीत अर्जुन थापाले एरेन्ज गरेका हुन् ।

लेकाली स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा मानबहादुर बराल मगरको मिक्सिङ रहेको छ । अर्जुन थापाको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोलाई सुशील डाँगीले खिचेका हुन् ।


  •  
  •  
  •