लमजुङ चितिमा पञ्चेबाजासहितको म्युजिक भिडियो छायांकन

96
  •  
  •  
  •  


काठमाडौं । लमजुङको बेसीशहर नगरपालिका ११ चितिमा पञ्चबाजासहितको म्युजिक भिडियो छायांकन गरिने भएको छ ।
यहि माघ २१, २२ र २३ गते चिति क्षेत्रलाई समेटेर तयार पारिएको गीत ‘लमजुङ चिति मेरो घर’को  भिडियोे छायांकन गर्न लागिएको हो ।
चिति साँस्कृतिक कला केन्द्रले ल्याएको गीतमा लय शव्द, रचना कमल घिमिरेको रहेको छ भने गायक किसान काले, गायिका मनिसा विकको स्वर रहेको छ । गीतको निर्देशन अर्जुन थापाले गरेका छन् ।
गीतका रचनाकार घिमिरेले बेसीशहर नगरपालिका ११ को सम्पूर्ण भौगोलिक चिनारीलाई गीतले समेटेको बताए ।
कला केन्द्रका अध्यक्ष स्थिर घिमिरले गीतको छायाँकनका चितिका स्थानीय कलाकारलाई केन्द्रमा सम्पर्क राख्न समेत आग्रह गरेका छन् । गीतको म्युजिक भिडियोमा चितिकै स्थानीय कलाकारहरुलाई प्राथमिकता दिइने अध्यक्ष घिमिरेले बताए ।
यस्तै म्युजिक भिडियो तयार गर्नका लागि आर्थिक सहयोग गरिदिन समेत कला केन्द्रले आग्रह गरेको छ ।


  •  
  •  
  •