लमजुङ चितिको प्रचारप्रसारका लागि पञ्चेबाजासहितको लोक दोहोरी गीत

515
  •  
  •  
  •  

काठमाडौं । लमजुङको बेसीशहर नगरपालिका ११ चितिको प्रचारप्रसारका लागि पञ्चेबाजासहितको लोकदोहोरी गीत र म्युजिक भिडियो बनाइने भएको छ । चिति साँस्कृतिक कला केन्द्र लमजुङले उक्त गीत र भिडियो बनाउन लागेको हो ।

चितिकै कमल घिमिरेको भाका र कला केन्द्रको शब्द संकलन तथा किसान काले र मनिसा वि.क लगायतका चितेली कलाकारहरुको स्वर रहने उक्त गीतमा चितिको प्रचारप्रसार गरिनेछ ।

उक्त एल्वमको भिडियोमा चितेकै कलाकारको अभिनय र चितिकै विभिन्न ठाउँहरुमा छायांकन गरिनेछ । कला केन्द्रका अध्यक्ष स्थिरबाबु घिमिरेले भने, ‘चितिको पञ्चेबाजा प्रख्यात भएकाले पनि हामीले पञ्चेबाजा समेटेर यहाँको स्थानीय ठाउँ झल्कने गरी गीत र म्युजिक भिडियो बनाउन लागेका हौं ।’

केन्द्रका संयोजक कमल घिमिरेले गीतको रेर्कडिङको तयारी भइरहेको जानकारी गराए । उनका अनुसार गीतले विशेष गरी चितिको कला, संस्कृति र ठाउँलाई समेटेको छ ।

यसैबीच साँस्कृतिक कला केन्द्रको जुम मिटिङ शुक्रबार बसेको छ । बैठकमा चिति साँस्कृतिक कला केन्द्रले हालसम्म भएको कामको समिक्षाका साथै भावी रणनीतिका बारेमा समेत छलफल भएको कला केन्द्रका कानूनी सल्लाहाकार सुदर्शन जोशीले बताए । बैठकमा सहभागिले संस्थालाई दिगो रुपमा सञ्चालनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

जुम मिटिङमा केन्द्रका अध्यक्ष स्थिर घिमिरे, संयोजक कमल घिमिरे, सल्लाहाकार ज्ञानशाली पन्त, सुरेश पन्त, पुरुषोत्तम पन्त, भुपाल कुँवर, भोला शर्मा, कोषाध्यक्ष दिनेशमूर्ति पन्त, सदस्य दिपक जोशी, मनिसा वि.क, रुविना खवास लगायत पदाधिकारीको उल्लेख्य सहभागिता रहेको प्रवास विभाग संयोजक हरि अधिकारीले जानकारी दिए ।

यो पनि हेर्नुहोस्

चिति साँस्कृतिक कला केन्द्र लमजुङको ‘भर्चुअल मिटिङ

 


  •  
  •  
  •