चिति साँस्कृतिक कला केन्द्र लमजुङको ‘भर्चुअल मिटिङ’

263
  •  
  •  
  •  

काठमाडौं । चिति साँस्कृतिक कला केन्द्र लमजुङको शुक्रबार भर्चुअल मिटिङ बसेको छ । संस्थाका अध्यक्ष स्थिर घिमिरेको अध्यक्षमा बसेको बैठकले प्रत्येक हप्ताको शुक्रबार साँझ ७ बजे अनलाईन जुमबाट बैठक बस्ने, चिति साँस्कृतिक कला केन्द्र लमजुङको फेसबुक पेज बनाउने लगायतको निर्णय गरेको छ ।

यस्तै बैठकले कला केन्द्रलाई विधिवत संचालन गर्न विधान निर्माण र दर्ता प्रक्रियालाई अगाडी बढाउन अध्यक्ष घिमिरे, सुदर्शन जोशी र नबिन परियारलाई जिम्मेवारी दिएको छ ।

बैठकले कमल घिमिरेको भाका र कला केन्द्रको शब्द संकलन तथा किसान काले र मनिसा वि.क लगायतका चितेली कलाकारहरुको स्वर रहने गरी लोक दोहोरी एल्वम निकाल्ने निर्णय समेत गरेको छ ।

उक्त एल्वमको भिडियो चितेली कलाकारकै मोडलिङ र चितिकै विभिन्न ठाउँहरुमा छायांकन गरिनेछ । एल्वम बनाउन आर्थिक संकलन समेत भइरहेको बैठकमा जानकारी गराइएको छ ।

बैठकले केन्द्रलाई आवश्यक प्रचार प्रसार तथा आर्थिक संकलनको व्यवस्थापन गर्न प्रवासमा रहेका नेपालीलाई संयोजन गरी हरि अधिकारीको संयोजकत्वमा सदस्यहरु थप्दै अगाडी बढ्न प्रवास उपसमिति समेत बनाउने भएको छ ।

भर्चुअल मिटिङमा स्थिर घिमिरे, दिनेस मुर्ति पन्त, ज्ञानशाली पन्त, सुदर्शन जोशी, भुपाल कुँवर, नबिन परियार, कमल घिमिरे, हरि अधिकारी, पुरुषोतम पन्त, रुबिना खवास, सन्जिब तामाङ, मनोहर भुजेल, रोहित भुजेल र किसन काले सहभागि थिए ।

कला संगितको माध्यमबाट लमजुङ चितिलाई पूर्नजागरण गराउने उदेश्यका साथ कलाकेन्द्रको स्थापना गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।


  •  
  •  
  •