चितवनमा बाढीपीडितको बिचल्ली

212
  •  
  •  
  •  

चितवन, ३२ असार (ओएनएस) । चितवनको माडीमा गएको शुक्रबार र शनिबार आएको बाढीका पीडितहरुको विचल्ली भएको छ । बाढीका कारण विस्थापित भएकाहरु छिमेकी गाउँमा बास बस्न बाध्य भएका छन् ।

माडी कल्याणपुर–४ का मात्रै पाँच घरका बासिन्दा चन्द्रेखोलामा आएको बाढीका कारण विस्थापित हुन पुगेका हुन् । यहाँ घरभित्रको मझेरी सबै बालुवाले पुरेको छ । भएका खाद्यान तथा अन्य सामग्री समेत डुबेको स्थानीयले बताएका छन् । उनीहरूको घरमाथिबाट खोला पसेपछि खानेपानीको इनार, ट्वाइलेट र बाथरुम सबै पुरिएका छन् । सँगै धानको रोपोसमेत पुरेर बगरमा परिणत भएको छ । तर कुनै सहयोगको पहल हुन नसकेको गुनासो उनीहरूको छ ।

अहिले सो क्षेत्रको मात्रै १३ बिघा जति खेत बगर बनेको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको तथ्याङ्कमा माडीको तीन गाविसमा ६५० घरधुरी डुबानमा परेको र ३६० बिघाभन्दा बढी धान खेतमा बाढी पसेर क्षति पु¥याएको उल्लेख छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले तत्काल क्षतिको विवरण सङ्कलन गरी राहतका कार्यक्रम र बाढी नियन्त्रणको पहल सुरु भएको जानकारी दिए ।


  •  
  •  
  •