चर्चित तमिल नायक चिरञ्जिवी नेपालमा

114
  •  
  •  
  •  

काठमाडौ, ७ भदौ(ओएनएस) : नायकबाट राजनीतिमा प्रवेश गरेका तमिल चलचित्र उद्योगका चर्चित नायक चिरञ्जिवी नेपाल आएका छन् । शुक्रबार नेपाल आइपुगेका उनी आफ्नो जन्मदिन नमनाउने सोच बनाउँदै नेपाल आएको बताइएको छ ।

chiranjeeviउनले नेपालमा आएर एक स्पामा पुगेका छन् । चिरञ्जिवीका आफन्तहरूलाई उधृत गर्दै उनी लामो समयदेखी राजनीतिमा रहेको र अहिले उनले पुनः चलचित्रमा फर्किने मन बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले नेपाल रहँदा योगा पनि सक्ने र अन्य स्वास्थ्यलाई फाइदा हुने र आफूलाई आकर्षक देखाउनका लागि आवश्यक कदम समेत चालिरहेको उनी निकट स्रोतको दावी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपाल विश्वको सबैभन्दा राम्रो स्पा सेन्टर हो । त्यसैले पनि उनी नेपाल आएको बताइएको छ । उनी यहाँ करिब एक हप्ता बस्नेछन् । उनकी पत्नी सुरेखा पनि केही साथीहरूका साथमा पतिसँगै नेपाल आएकी छिन् । उनले गत बिहिबार केही आफ्ना तस्विरहरू सार्वजनिक गरेका थिए ।


  •  
  •  
  •