गर्भनिरोध अब रिमोटबाटै

169
  •  
  •  
  •  

काठमाडौं, २४ असार (एजेन्सी) । दैनिक गर्भनिरोधक औशधिको सेवन वा प्रयोगले तपाई दिक्क हुनुहुन्छ भने अब ढुक्क भए हुन्छ । वैज्ञानिकहरुले गर्भनिरोधक उपाएका लागि गरेको लामो अनुसन्धानपछि रिमोटबाटै गर्भ रोक्न सकिने उपकरण आविस्कार गरेका छन् ।

अमेरिकाको मेनच्युसेट्स विश्वविद्यालयका वैज्ञानिकले कम्प्युटर चिपमा आधारित गर्भनिरोधक उपकरण निर्माण गरेका छन् । जसलाई रिमोट कन्ट्रोलरबाट चलाउन सकिन्छ ।

यो गर्भनिरोधक औषधी महिलाको छालाभित्र राख्न सकिन्छ, जुन हरेक दिन लेवेनोगेस्ट्रल नामको हार्मोनको एक निश्चित मात्रामा उत्पादन गर्छ । चिपले निरन्तर १६ वर्षसम्म काम गर्न सक्छ । यद्यपी यसलाई कुनै पनि बेला रिमोटमार्फत बन्द गर्न पनि सकिन्छ ।

यो परियोजनालाई माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सहयोग गरेका छन् । अर्को वर्ष अमेरिकामा प्रि क्लिनिक परीक्षण सुरु हुँदैछ । यसलाई सन् २०१८ सम्ममा बजारमा ल्याउने अनुमान छ ।

यो चिपमा रहने डेढ सेन्टिमिटर चौडा माइक्रो चिपमा हार्मोन रहनेछ । शोधकर्ताहरुका अनुसार अहिले पनि महिलाको शरीरमा लगाउने गर्भनिरोधक पाइन्छ तर, त्यसलाई बन्द गर्न अस्पताल जानुपर्छ ।


  •  
  •  
  •