चिम्पान्जीसँग पनि ‘शब्दकोष’

458
  •  
  •  
  •  

काठमाडौं, २४ असार (एजेन्सी) । अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्की चिम्पान्जीसँग पनि उनीहरुको आफ्नै ‘शब्दकोष’ हुन्छ । वैज्ञानिकहरुले गरेको लामो अनुसन्धानपछि चिम्पान्जीले विभिन्न ६६ भावमा १९ प्रकारका सन्देश आदानप्रदान गर्न भाषाको प्रयोग गर्ने गरेको पत्ता लागेको हो ।

वैज्ञानिकहरुले युगान्डाका जंगली चिम्पान्जीका करिब ५ हजार दृष्यलाई विश्लेषण गरेर उनीहरुसँग सन्देश आदानप्रदानका लागि छुट्टाछुट्ट भाव हुने तथ्य सार्वजनिक गरेको बीबीसीमा उल्लेख छ । अनुसन्धान टोलीकी नेतृ क्याथरिन होब्याटरले भनिन्, ‘सन्देश आदाप्रदानका लागि मानव र चिम्पान्जीसँगमात्र यस्तो क्षमता हुन्छ ।’ उनले चिम्पान्जीहरुको भावनै मानवको भाषा जस्तै हुने बताइन् ।

उनले भनिन्, ‘चिम्पान्जीको भाव र सम्बोधनमा यस्तो फरक देखियोकी जस्तो हामी कफीको तातो कप समाएपछि चिच्चाउँछौं ।’ अनुसन्धानकर्ताहरुले चिम्पान्जीमा एक खास किसिमको भाव हुने र त्यसले निश्चित संदेश आदान प्रदान गर्ने बताएका छन् । उनीहरुले चिम्पान्जीमा यस्तो भावको प्रयोग बारम्बार हुने गरेको तथ्य फेला परेको बताए । अनुसन्धानकर्ताहरुका अनुसार सहभावसका लागि चिम्पान्जीले आग्रह गर्दा घाँसको पात टिपेर फ्याक्ने र आधा चपाउने गर्दछन् ।

वैज्ञानिकहरुले चिम्पान्जीबारे पत्ता लागेको यो नयाँ तथ्यले मानवमा भएको भाषाको क्रमिक विकासबारे पत्ता लगाउन सजिलो हुने बताएका छन् ।


  •  
  •  
  •