काँग्रेस प्रमुख सचेतक चीनकाजी विपक्षीको नियन्त्रणमा !

149
  •  
  •  
  •  

काठमाडौं, ९ माघ (ओएनएस) : शुक्रबारको संविधानसभाको बैठकमा प्रमुख दल नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई विपक्षी सभासदहरुले घेराबन्दीमा पार्दै रोस्टममा जानबाट रोकेका छन् ।

प्रश्नावाली समिति गठनको प्रस्ताव राख्न रोस्टमतर्फ अघि बढ्ने क्रममा श्रेष्ठलाई विपक्षी सभासदहरुले घेरबन्दीमा पार्दै केहिबेर आफ्नो नियन्त्रणमा राखेका थिए ।

बैठक सुरु भएलगत्तै एमाओवादी, मधेशवादी लागायतका विपक्षी सभासदहरुले नाराबाजी सुरु गर्दैगर्दा श्रेष्ठ पनि रोष्टमतर्फ अघि बढेका थिए । तर विपक्षी सभासदहरुले उनलाई घेरा हालेर आफ्नो नियन्त्रणमा लिन सफल भए ।

विपक्षी सभासदले श्रेष्ठलाई नियन्त्रणमा लिएपछि सत्तापक्षको सभासदहरुले आफ्नो कुर्सिबाट उठ्दै विरोध जनाएपनि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनीहरुलाई सम्झाएका थिए । सभाध्यक्षले विपक्षीलाई अवरोध गर्न पाउने अधिकार रहेको बताएपछि सत्तापक्षका सभासद साम्य भएका थिए । विपक्षीको लगातार नाराबाजीपछि सभाध्यक्ष नेम्वाङले बैठक आइबारलाई स्थगित गरे ।

यसअघि सोमबार राति श्रेष्ठ रोष्टममा जाने क्रममा संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । सभाध्यक्षले श्रेष्ठलाई प्रश्नावली समिति गठन गरियोस भन्ने प्रस्ताव पेश गर्न अनुमति दिए लगत्तै विपक्षी सभासहरुले संविधानसभा हलका कुर्सि तोडफोड गरेका थिए । यस्तै माइक भाँचेर एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी लगायतका सभासदलाई आक्रमणको प्रयास गरेका थिए ।


  •  
  •  
  •