उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई

267
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिएका छन् ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपतिलाई भेट्न नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार अपरान्ह पउने १२ बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेकी थिइन्।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिएकी थिइन्।

भेटमा उपराष्ट्रपति पुनले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिएको प्रति चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिएका थिए।

उपराष्ट्रपतिसँगको भेटमा चीनका राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताएकी थिइन्।

राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको चीन अत्यन्त खुशी रहेको उल्लेख गर्दै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने बताइन्।


  •  
  •  
  •