डेढ वर्षदेखि यात्रामा रहेका चिनियाँ हात्तीहरुको समूह फर्किए बासस्थान

87
  •  
  •  
  •  

एजेन्सी । डेढ वर्षदेखि यात्रामा रहेका चिनियाँ हात्तीहरुको समूह आफ्नो प्राकृतिक बासस्थान फर्किएको छ ।

युनान प्रान्तको दक्षिणी क्षेत्रमा रहेको मेङ्गयाङ्जी नेचर रिजर्भमा हात्तीहरुको समूह प्रवेश गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

हात्तीहरुले पछिल्लो ३२ दिनमा लगातार यात्रा गरेर १९० किलोमिटर पार गरेका हुन् । यस क्रममा उनीहरुका लागि स्थानीय सरकारले आहराको व्यवस्था गरेको थियो । हात्तीहरुले स्थानीय लगाएको बाली समेत खाएका थिए ।

गएको बुधबार राति हात्तीको समूह प्राकृतिक बासस्थान प्रवेश गरेको युनान प्रान्त सरकारले जनाएको छ ।


  •  
  •  
  •