चिकित्सकले जोडेको लिंग पुनः काटिदिइन् पत्नीले

762
  •  
  •  
  •  

wife-chopped-husband-penisकाठमाडौ, ३० पुस(एजेन्सी) :  चीनको हेनान प्रान्तमा एक अनौठो घटना घटेको छ । शाग्की शहरमा बस्दै आएकी एक महिलाले आफ्नो पतिले आफूलाई दिएको धोकाबाट आहत हुँदा पतिको गुप्तांग नै काटिदिएकी थिइन् ।

स्थानीय सञ्चारमाध्मयका अनुसार ३० वर्षीय फेंग लुंगले आफ्नो पति ३२ वर्षीय फेनको अन्य कुनै युवतीसँग अफेयर रहेको थाहा पाएपछि उनले कैचीको सहायताले पतिको गुप्तांग काटिदिएकी हुन् । यतिमात्र नभई चिकित्सकले शल्यक्रिया गरेर फेनको लिंग जोडेका थिए, तर उनकी पत्नीले अस्पताल आएर पुनः लिंग काटिदिइ-न् र काटिएको लिंग अस्पतालको झ्यालबाट फ्याकिँदिइन् । ती महिलालाई क्रुर शारीरिक यातना दिएको भन्दै प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।

पाँच सन्तानका पिता समेत रहेका फेनले आफ्नो प्रेमिका २१ वर्षीया जेंग हुंगलाई अश्लिल ईमेल पठाएका थिए । उक्त इमेल गर्नका लागि फेनले आफ्नी पत्नीको मोबाइलको प्रयोग गरेका थिए । इमेल पठाएपछि उनले लगआउट गरेनन् र उनकी पत्नीले सबै ईमेल पढिन् । आफूलाई धोका दिइरहेको थाहा पाएपछि रिसको झोकमा उनले ओछ्यानमा सुतिरहेका पतिको लिंग कैचीले काटिदिइन् ।

अस्पतालको प्रवक्ताका अनुसार केही मानिस अस्पतालको रिसेप्सनमा आएका थिए । उनीहरुले सडकमा रगतले लतपतिएको एक व्यक्तिलाई एक महिलाले पिटिरहेको बताएका थिए । उनले आफ्ना कर्मचारी दौडेर त्यहाँ पुगे र उसलाई उपचारका लागि भित्र लिएर आएको बताएका थिए । उनले आफूहरुले ती व्यक्तिको उपचार गरेपनि ती महिलाले आफ्नो काम भताभुङ्ग पारेको बताएका छन् ।

चिकित्सक र प्रहरी अधिकारीहरूले अस्पताल बाहिर पीडितको लिंगको काटिएको भाग खोज्ने प्रयास गरे, तर उनी असफल रहे ।


  •  
  •  
  •