भ्यालेन्टाइन डे विरूद्ध ‘कण्डम प्वाल पार्ने’ आन्दोलन

188
  •  
  •  
  •  

CoupleFightकाठमाडौ, १ फागुन(एजेन्सी) : भ्यालेन्टाइन डेलाई प्रेम र रोमान्सको दिन भनिन्छ । तर, चीनमा प्रेमी तथा प्रेमीका नभएकाहरूले भ्यालेन्टाइन डे मनाउन तयार भएका प्रेमी-प्रेमिकाविरूद्ध आन्दोलन गर्ने भएका छन् ।

चीनमा एक्लै रहेका युवा युवतीले भ्यालेन्टाइन मनाउन तयार भएका जोडीहरूलाई विभिन्न तरिकाको प्रयोग गरेर भ्यालेन्टाइन डे मनाउन नदिने घोषणा गरेका छन् । उनीहरूले भ्यालेन्टाइन डे का दिन जोडीहरूलाई प्रेमलापबाट वञ्चित गर्नका लागि चलचित्र भवनका सिटहरू बुक गर्दा जोडीहरूलाई एकसाथ बस्न नमिल्ने गरी बुक गर्ने बताएका छन् । यस्तै होटेलहरूमा रहेका डबल रूमहरू पनि बुक गर्ने जसले प्रेम जोडीलाई थप समस्या हुनेछ । साथै, उनीहरूले चकलेट खान नमिल्ने गरी बिगार्ने र कण्डमहरू प्रयोग गर्न नमिल्ने गरी प्वाल पारिदिने बताएका छन् ।

प्रेम जोडीहरूलाई बाटोमा पनि नछाड्ने उनीहरूको भनाई छ । उनीहरूले बाटोमा भेटेका प्रेम जोडीलाई समेत अप्ठ्यारोमा पार्ने छन् । बाटोमा हिडिरहेका प्रेम जोडीमध्ये एकलाई मलाई यसरी कसरी धोका दिन सक्छस् भन्दै थप्पड हानेर उनीहरुको सम्बन्धमा सकेसम्म तिक्तता पैदा गर्ने सम्मको काम गर्ने उनीहरूको योजना रहेको चीनिया सञ्चारमाध्मयहरूले जनाएका छन् ।

यस्तै, उनीहरूले फुलको बुके पुर्याउने पार्ट-टाइम जागिर खोज्ने र उक्त बुके पुर्याउन जाँदा आधा फूल बाटोमा नै फ्याकिँदिने वा बिगारिदिने बताएका छन् ।


  •  
  •  
  •