चिनियाँ राष्ट्रपतिको काठमाडौँमा भव्य स्वागत

55
  •  
  •  
  •  

  1. काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको काठमाडौँमा भव्य स्वागत गरिएको छ । उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, प्रधानसेनापति लगायत विमानस्थलमै पुगेका थिए ।

चिनियाँ राष्ट्रप्रमुख सी चिनफिङ आज एयर चाइनाको विशेष विमानबाट ४ः४५ मा त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । उनलाई विमानस्थलमै नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो ।

विमानस्थलबाट सीधै उनी बस्ने सोल्टी होटलमा सवारी चलाइएको थियो । त्यसलगत्तै राष्ट्रपति भवन शीतलनिवासमा दुई देशका राष्ट्रपतिबीच औपचारिक वार्ता भएको थियो । त्यसलगत्तै आजै विपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि भेटवार्ता भएको थियो । आजै साँझ चिनियाँ राष्ट्रप्रमुख सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमै रात्रिभोज आयोजना गरेकी थिइन् ।

आइतबार दुई देशबीच उच्चस्तरमा विशेष वार्ता र सम्झौता हुने कार्यक्रम छ । दर्जनभन्दा बढी आयोजनामा सम्झौता गर्ने कार्यक्रम छ ।

सीको यस भ्रमणसँगै चीनको बीआरआई परियोजनाअन्तर्गतका परियोजना समेत अघि बढ्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।

सीले आफ्नो ऐतिहासिक भ्रमणको चिनो रहने गरी कोशेली परियोजना समेत अनुदानमा निर्माण गरिदिने सम्झौता हुने बताइएको छ ।

सी चिनफिङका दक्षिणी पाइला


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here