चीनमा एक पत्रकारलाई ७ वर्ष जेल

172
  •  
  •  
  •  

china-journalist-gao-yuकाठमाडौ, ५ बैशाख(एजेन्सी) : राजनीतिमा राम्रो रिपोर्टिङ गर्न सक्ने पत्रकारका रूपमा चिनिएकी एक ७१ वर्षीया पत्रकारलाई सरकारी गोप्य सुचना चुहाएको आरोपमा ७ वर्षको जेल सजाय सुनाएको छ ।

सरकारको आलोचना गरेको आरोपमा उक्त सजाय दिइएको रूपमा उक्त सजायलाई लिइएको छ । गाओ यू चीनका प्रमुख पत्रकारहरूमध्येकी एक हुन् । उनी सरकारको नेताहरूको आलोचना गर्ने लेखक पत्रकारको रूपमा चिनिने गर्छिन् ।

उनलाई आज बेइजिङ्गको एक इन्टरमिडियट अदालतले कम्युनिष्ट पार्टीको आन्तरिक दस्तावेज एक विदेशी वेबसाइटलाई दिएको आरोपमा दोषी ठहर्याएको छ ।

हङकङबाट निस्कने साउथ चाइना मर्निङ्ग पोष्टका अनुसार उक्त दस्तावेज पार्टीको एक परिपत्र भएको बताइएको छ । गाओ खुला रूपमा लोकतन्त्र र प्रेसको स्वस्त्रताको समर्थन गर्ने पत्रकारको रूपमा पनि चिनिन्छिन् । उनको विरूद्ध मुद्धा गत नोभेम्बरमा सुरू भएको थियो र उनले आरोप अस्विकार गर्दै आएकी थिइन् ।

रिपोर्टमा उनका भाईले गाओले उक्त सजायविरुद्ध अपिल गर्ने चाहेको बताएका छन् । सजाय सुनाईसकेपछि पनि उनी शान्त र मुस्कुराइरहेको देखिन्थिन् । गाओले पहिले पनि ७ वर्ष जेल सजाय भोगिसकेकी छिन् ।


  •  
  •  
  •