काठमाडौ, ७ भदौ(एजेन्सी) : चिनियाँहरू कुने पनि वस्तु हुबहु नक्कल गर्न निकै सिपालु छन् ।चीनको ३ मानिसले घरमा नैहेलिकप्टर रलैम्बोर्गिनी कार बनाएका छन् । सुन्दा अचम्म लाग्ला तर तीन जनाले कार र हेलिकप्टर घरमा नै बसेर निर्माण गरिदिएका छन् ।
लैम्बोर्गिनी कारः
तिव्र गतिमा गाडि हाक्न रूचाउने चीनका दुई युवकले लैम्बोर्गिनी कार जस्तो महंगो कार घरमा नै निर्माण गरेका छन् । वांग यु र ली लिन्टाओ ले लक्जरी कार लेम्बोर्गिनी डायबेलोको दुई वटा नक्कल कार निर्माण गरेका छन् । यो कार ३१० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । १० वर्षको मेहनत र ५ करोड रूपैयाँ खर्च गरेपछि यी दुई ले यो कार निर्माणगरेका हुन्।
हेलिकप्टरः
मध्य चीनको ग्रामिण क्षेत्रमा काममा खटिएका एक नेत्र विषेशज्ञले आफ्नै घरमाहेलिकप्टर तयार गरेका छन् । ५२ वर्षीय जियांग चेगेनले २ वर्ष लगाएर आफैले हेलिकप्टर निर्माण गरेका हुन् ।उनले बनाएको हेलिकप्टर ४ मिटर लामो छ । तर, यस हेलिकप्टरले अहिलेसम्म उडान भने भरेको छैन् तर, जियांग यो हेलिकप्टरमा भएको सबै कमजोरी कम गरिसकेका छन् र चाँडै नै यसलाई आकाशमा पुर्याउने सोचमा छन् ।
पनडुब्बीः
चीनका तान योंगले केही वर्ष अघि पनडुब्बी बनाएको सपना देखेका थिए र केही समय अघि उनले उक्त सपना लाईसत्य साबित गरेका छन् । तानले स्कुलको शीक्षामात्र लिएका छन् । तर यसका बाबजुत पनि उनले आफ्नो सपना साचोँ बनाउनका लागि सफल भए । एक टन तौल यो पनडुब्बीलाई तयार गर्नका लागि उनलाई महिना लाग्यो । तानको यस पनडुब्बीको डिजाइन देखेर मानिसहरू निकै आश्चर्यमा पर्ने गरेका छन्। उनले निर्माण गरेको पनडुब्बी प्लेन जस्तै छ । तानलाई विश्वास छ की चाँडै नै उनी यो पनडुब्बी काम पनि गर्ने बनाउने छन् ।