चीनसँग भिड्न भारतको १५ बटालियन सेना तयार

79
  •  
  •  
  •  

india-china-in-ladakhकाठमाडौ, ६ भदौ(एजेन्सी) : भारत-चीन सिमामा रहेको लद्धाखमा निकै लामो समयदेखी दुईदेशबिच सिमा विवाद चलिरहेको छ । पछिल्लो १० दिनदेखी जारी तनाव भने सहजै मत्थर हुने देखिएको छैन् । चीनीयाँ सैनिक लद्धाखमा भारतीय सिमामाभित्र नै प्रवेश गरेपछि सुरू भएको विवाद मत्थर नहुने देखिएपछि भारतले सेनाको १५ बटालियन र केही रिजर्व सैन्य बटालियनलाई हाई अलर्टमा राखेको छ ।

सैन्य स्रोतका अनुसार कुनै पनि आपतको स्थितिलाई मध्यनजर गरेर तुरून्त कदम उठाउनका लागि सहज हुने अवस्था सिर्जना गरेका हुन् । सीमामा जारी तनावलाई कम गर्नका लागि कुटनीतिक कोशिश जारी रहेको छ, तर चीनको साथ यदी सीमा विवादका सम्बन्धमा आवश्यक परे कडा कदम चाल्न समेत भारत पछि नहट्ने सेनाको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

पीपुल्स लिबरेशन आर्मी(पीएलए) का जवानहरू अहिले तत्कालै पछाडि हट्ने संकेत पनि दिइरहेका छैनन् । चीनीयाँ सैनिकहरूले भारतको चेतावनीपछि पनि भारतीय सिमाभित्र ७ वटा टेन्ट लगाएका थिए ।

यता चीनीयाँ घुषपैठले गर्दा भारत र चीनबीच हुने भनिएको मिडिया सम्वाद समेत रद्ध भएको छ । नरेन्द्र मोदी सरकारले कडा कदम भन्दै आगामी २४ सेप्टेम्बरमा हुने भनिएको भारत-चीन मिडिया संस्थाबिच हुने भनिएको मिडिया सम्वाद रद्ध हुने भएको छ । यो बैठक हरेक वर्ष हुने गर्छ । तर, यसपटक सरकारले चीनीयाँ सम्पादकहरूको यात्रालाई अस्विकार गरिदिएको छ । यो कार्यक्रमको आयोजना गर्नका लागि थिंक ट्याङकले भनेको छ, भारतको तर्फबाट यसबारे कुनै कारण बताइएको छैन् । उनीहरूलाई एउटा फ्याक्स आएको थियो, जसमा यात्रालाई स्विकार गर्न नसकिने लेखिएको थियो ।


  •  
  •  
  •