किन आए चिनियाँ विदेशमन्त्री ?

561
  •  
  •  
  •  

Deepak Prakash Bhattaकाठमाडौ/पुस : चिनियाँ राष्ट्रपति सि जिन पिनले आफ्नो नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन विदेशमन्त्री वाङ यीलाई पठाएका छन् । विदेशमन्त्री वाङ बिहीबार काठमाडौँ अवतरण गरेका छन् । तीन दिने काठमाडौँ बसाइँका लागि उनको लामै कार्यसूची सार्वजनिक भएको छ ।

एउटा छिमेकी मुलुकको विदेश मामिला हेर्ने राजनीतिक पदाधिकारी आउनु स्वाभाविकै हो । त्यसैले चिनियाँ विदेशी मन्त्रीको नेपाल भ्रमण पनि सद्भावना भ्रमणकै रूपमा लिनुपर्छ । त्यसमाथि राष्ट्रपति सिको भ्रमणको तयारीका लागि आउने भएकाले उनको भ्रमण झनै स्वागतयोग्य छ ।

पछिल्ला केही वर्षयता नेपाल–चीन सम्बन्धमै उल्लेख्य माने राख्ने गरी द्धीपक्षीय भ्रमणका सिलसिला चलेका छन् । भ्रमणको यो उच्च ‘फ्रिक्वेन्सी’मा वाङको आसन्न भ्रमणले अरू उच्चता थप्नेछ ।

Chinese Foreign 1Ministerपहिला आफ्नो घर थितिमा राख्ने, त्यसपछि छरछिमेकलाई हेर्ने र अनि मात्र विश्व शक्ति बन्न सकिन्छ भन्ने सोच चिनियाँहरूमा देखिन्छ । यो सोचमा उनीहरू खरो उत्रँदै पनि आएका छन् ।

भारतसँग सीमा मामिलाबाहेक अरू विवादहरू साम्य पारेको देखिन्छ । सीमा विवादलाई आर्थिक र व्यापारिक मामिलाका विषयले छोप्न सकेको छ । छिमेकी रिझाएरै, आफूसँगसँगै लिएर जानुपर्छ भन्ने सोच चिनियाँहरुमा देखिन्छ । छिमेकसँगको सम्बन्ध हार्दिक र सुमधुर भएन भने विश्व शक्ति बन्न सहज नहुने कुरा चिनियाँले राम्रैसँग बुझेको देखिन्छ । छिमेकमा अस्थिरता र द्धन्द्ध हुँदा त्यसको असर आफूसम्म आइपुग्छ भन्नेमा पनि उनीहरू सजग छन् ।

नेपाल तुलनात्मक रूपमा बढी सामरिक महत्वको अवस्थितिमा छ । नेपाल मात्र यस्तो सभ्यता हो, जहाँ चिनियाँ सभ्यता र भारतीय सभ्यताको मिश्रण छ । अर्थात्, नेपाली सभ्यताले चीन र भारत दुवैलाई जोड्छ । यस्तो अन्यत्र छैन ।

राष्ट्रपति सिको छिमेक सम्बन्ध सुदृढ बनाउने नीतिको घोषणासँगै हुन लागेको चिनियाँ उच्चस्तरको भ्रमणले नेपाल प्राथमिकता र विष्टितालाई प्रस्ट पार्छ । यी भ्रमण भारतीय प्रधानमन्त्रीका लगातारका दुई भ्रमणपछि हुँदै छन् । सि कम्तीमा दुई कार्यकाल राष्ट्रपति रहने हिसाबले अघि बढिरहेका छन् । त्यसैले उनले छिमेकीसँगको तात्कालिक एजेन्डालाई भन्दा अलि दीर्घकालसम्मको सम्बन्ध गाँस्न चाहेका हुन सक्छन् ।

Chinese Foreign Ministerनेपालमा चिनियाँ सहयोग र सक्रियता बढ्दो छ । सहयोग र सक्रियता बढ्नु वा बढाउन खोज्नुको अर्थ राजनीतिक प्रभाव बिस्तारको अभीष्ट पनि हो । उत्तरका सीमा जोडिएका जिल्लाहरुलाई १५–१५ करोड रूपियाँ विकास आयोजनाहरूका लागि दिने घोषणा गरिएको छ । यसमा भारतसँगको प्रतिस्पर्धा मात्र होइन, छिमेकीसँगको द्धीपक्षीय सम्बन्ध सुमधुर बनाउने भन्ने नै चिनियाँ अभीष्ट रहेको मान्नुपर्छ ।

भारतीय मिडियाहरुले नेपाल चिनियाँ प्रभावमा गयो, बेइजिङतिर ढल्कियो भनेर बारम्बार चर्चा गरेको पाइन्छ । तर, नेपालमा भारतीय प्रभाव बढेका कारण चिनियाँहरु प्रतिस्पर्धामा उत्रिएका हुन् भन्ने तर्क स्वाभाविक लाग्दैन । चीन र भारत झन् ठूला र महत्वपूर्ण मामिला जोडिएका छिमेकी हुन् । ठूला आर्थिक साझेदार हुन् । एक खर्ब डलरभन्दा बढीको व्यापार छ, उनीहरूबीच । त्यसैले प्रतिस्पर्धाका लागि नेपाल मात्र थलो होइन उनीहरुका लागि ।

(सुरक्षा तथा सामरिक मामिलाका विज्ञ डा. भट्टसँग गरिएको कुराकानीमा आधारित)


  •  
  •  
  •