चीनका यी किसानको टाउकोमा के भयो ?…(फोटोफिचर)

88
  •  
  •  
  •  

काठमाडौ, १३ भदौ(एजेन्सी) : चीनमा हु नामका एक किसानको खप्परको बायाँ भाग एक घटनामा गुमाएका छन्, जसलाई अब थ्री डी प्रिन्टरको प्रयोग गरेर बनाउने प्रयास गरिँदै छ ।

chinese-farmer-hu-skull-rebuilt-by-3d-printerशाग्झी प्रान्तको जिआंगमा बस्दै आएका हु आफ्नो घरको तेस्रो तलाबाट खसेका थिए । यसरी तेस्रो तलाबाट खस्दा उनले टाउकोको बायाँ भाग नै गुमाएका थिए । यस घटनामा उनको शीरको माथिल्लो भाग थेप्चिएको थियो ।

chinese-farmer-hu-skull-rebuilt-by-3d-printer1चीनका चिकित्सक हुको अनुहार र टाउकोको आकारलाई पुनः पुरानै अवस्थामा ल्याउने तयारी गरिरहेका छन् । अनुहार र टाउकोको बायाँ भागलाई पुरानो आकारमा ल्याउनका लागि चिकित्सकले थ्री डी प्रिन्टरमार्फत बनेको टाइटेनियमको जालको प्रयोग गर्नेछन् । यसलाई हुको छालाभित्र खप्परले जोडिएर लगाइने छ ।

chinese-farmer-hu-skull-rebuilt-by-3d-printer2अनुहारलाई ठीक बनाउनका लागि लागि थ्री डी प्रिन्टरको प्रयोग गरिएको पहिलो पटक भने होइन । पहिले पनि केही सल्यक्रिया गर्दा यसको प्रयोग गरिएको थियो । गत हप्ता चीनी चिकित्सकले एक क्यान्सरका शरिरमा यसरी ढाडको हड्डीलाई जोडेर बनाइएको थियो ।

 

chinese-farmer-hu-skull-rebuilt-by-3d-printer3 chinese-farmer-hu-skull-rebuilt-by-3d-printer4


  •  
  •  
  •