३ किलो कोकिनसहित चिनियाँ नागरिक पक्राउ

157
  •  
  •  
  •  

काठमाडौँ, १६ जेठ(ओएनएस) : लागू औषध नियन्त्रण ब्यूरोले ३ किलो कोकिनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा ब्युरोले चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ती नागरिक बोलेभियाका नागरिकले ल्याएर छाडेको कोकिन लिन जाँदा पक्राउ परेका हुन् ।

दुईदिनअघि मात्रै ठमेलबाटै कोकिन लिँदै गर्दा चिनियाँ महिला दोङदोङ पक्राउ परेकी थिइन् ।

गत साता प्रहरीले २ किलो ६ ग्राम कोकिन सहित भेनेजुयाली एम्रिस कार्मिन, नाइजेरियाली महोम्मद डोबा, भारतीय तोहिद खान र नेपाली दिलबहादुर गुरुङ समातेको थियो ।


  •  
  •  
  •