चिनियाँ सेना फेरी २५ किलोमिटर भित्र छिरे लद्धाख

378
  •  
  •  
  •  

काठमाडौ, ३ भदौ (एजेन्सी) : चीनले भारतीय सिमामा घुसपैठ गरेको छ । चिनियाँ सैनिक आइतबार लद्धाखमा भारतीय सिमाको करिब २५ किलोमिटरसम्म भित्र छिरेको भारतले आरोप लगाएको छ ।

china-india-border-laddakhसमाचारहरुमा जनाइए अनुसार, चीनको पिपल्स लिबरेशन आर्मी(पीएलए)का सैनिक लद्धाखको बुर्त्से क्षेत्रमा भारतीय सिमाको निकै भित्रसम्म प्रवेश गरेका छन् । चिनियाँ सेना भारतीय सिमामा छिरेको भारतीय पेट्रोल पार्टीले थाहा पाएको समाचारहरुमा जनाइएको छ । भारतीय सैनिकहरूको एक पेट्रोल पार्टी बुर्त्से बेसस क्याम्पबाट पेट्रोलिङ्गका लागि निस्किएका बेला चिनियाँ सेनालाई आफ्नो सिमामा देखेको थियो । पिएलए सैनिकले त्यहाँ एउटा झण्डा समेत गाडेका थिए र लेखेका थिए, ‘यो चिनियाँ क्षेत्र हो, यहाँबाट फर्क ।’

भारतीय सेनाले आफ्नो वरिष्ठ अधिकारीहरूलाई यस बारेमा जानकारी दिए, तर भारतीय सेनाका अधिकारीहरूले चिनियाँ सेना सिमामा छिरेको विषयलाई अस्विकार गरिदिएका छन् ।

सम्झौताका कारण भारतीय सैनिकले गरेनन् कारबाही
बुर्त्से क्षेत्रमा छिरेका चिनियाँ सैनिकलाई देखेपछि पनि भारतीय सेनाका जवानले सिमा निगरानीलाई लिएर भएको दुई देशबीचको सम्झौतालाई पालना गर्दै भारतीय सिमामा छिरेका चिनियाँ सैनिकलाई केही नभनेको र केही नगरेको बताइएको छ । सोमबार बिहान भारतीय पेट्रोलियम टोली उक्त स्थानमा पुनः पुग्दा पनि चिनियाँ सेना त्यही रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

भारतीय सैनिकले आफ्नो बेस क्याम्पमा फर्किएपछि आफ्ना वरिष्ठ अधिकारीहरूलाई जानकारी दिएका थिए । तर, अधिकारीहरुले यस्तो कुनै घुषपैठ नभएको बताएका थिए ।


  •  
  •  
  •