प्रधानमन्त्री ओली यस्ता याेजनाकाे सम्झाैता गर्न जाँदैछन् चीन

97
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणमा चीन जान लागेका छन्। प्रम अाेलीकाे असार ५ देखि १० गते सम्म चीन भ्रमणकाेकार्यक्रम तय भएको छ । चिनियाँ समकक्षी ली खछियाङ्गको निमन्त्रणामा प्रम ओली चीन जान लागेकाे परराष्ट्र मन्त्रालले जनाएकाे छ। बुधबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण मिति घोषणा गरेको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा करीव एक दर्जन सम्झौतामा हस्ताक्षर हुने भएको छ । अधिकांश सम्झौता उर्जा र यातायात सँग सम्बन्धित हुनेछन् । दुवै देशका निजी क्षेत्रका परियोजनामा पनि यहि भ्रमणका क्रममा सम्झौता हुने परराष्ट्र मन्त्रालयलकाे उच्च स्राेतले बताएकाे छ। यो भ्रमण बिगतको सहमति कार्यन्वयनमाकेन्द्रित हुने बताइएकाे छ।

प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साेमबार २ वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका ऐतिहासिक सम्झौताहरुको कार्यन्वयन पक्षमा छलफल हुने बताए ।

ज्ञवालीले भने,’सिमापार विद्युत प्रसारण लाइनको सम्झौता हुनेछ । रेलवे र उर्जासँग सम्बन्धित महत्वपूर्ण सम्झौता हुनेछन् । पुननिर्माणको क्षेत्रमा चीनिया सहयोगको द्धिपक्षीय समझदारीमा हस्ताक्षर हुने सम्भावना छ । त्यस्तै दुवै देशका परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्रको समझदारीमा पनि हस्ताक्षर हुनेछ ।’

यसका साथै रसुवागढीमा चीनले बनाइदिन लागेका दुईवटा पुलको समझदारीपत्रमा हस्ताक्षर हुने ज्ञवालीले बताए । ‘ट्रान्जिट ट्रान्सपोर्ट’ सम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने भनिए पनि यो भ्रमणमा सम्भव नभए पछि गरिने मन्त्री ज्ञवालीले बताए ।

ओलीको साथमा श्रीमती राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल चीन जाने तय भएको छ । सांसद तथा उच्च सरकारी पदाधिकारी पनि सहभागी हुने परराष्ट्रले जनाएको छ ।


  •  
  •  
  •