चीन छिमेकी राष्ट्रसँग सम्बन्ध जोड्दै, ८ देशसँग मैत्री सन्धी

253
  •  
  •  
  •  

si jinpingकाठमाडौ, १५ चैत(एजेन्सी) : चीनले आफ्ना छिमेकी राष्ट्रसँगको सम्बन्धलाई थप मजबुत बनाउने घोषणा गरेको छ । राष्ट्रपति शी जिनपिंगले छिमेकी देशसँग सम्बन्ध मजबुत बनाउनका लागि ८ वटा छिमेकी देशसँग मैत्री सन्धी गरेका छन् ।

शनिबार उनले सिल्क रोड इन्फ्रास्ट्रेक्चर प्रोजेक्ट्सका लागि ४० अर्ब डलरको विषेश बजेट समेतको घोषणा गरेका छन् । उनले एसियाको समुन्द्र शान्तिको सागर हुनुपर्ने बताएका छन् ।

शनिबार राष्ट्रपति जिनपिंगले दक्षिणी द्धीप हेनानमा बोआओ फोरम फर एशियाको हरेक वर्ष हुने सम्मेलनलाई सम्बोधन गरेका थिए । उक्त सम्मेलनमा १५ देशका नेताहरू उपस्थित थिए । यसमा नेपालका राष्ट्रपति रामवरण यादव र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना सहभागी थिए । अन्य प्रमुख व्यक्तिमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, टाटा ग्रुपका मानद चेयरम्यान रतन टाटा तथा विश्वभरका १८ सय प्रतिनिधी र व्यापारीहरू सहभागी थिए ।

ऐतिहासिक सिल्क रोड मुख्य रूपले चीनको मध्य एसिया हुँदै युरोपसँग जोडिने छ । चीनको ताजा परियोजनाहरूमा बंगलादेश-चीन-भारत-म्यानमार करिडोर र पाकिस्तान-चीन आर्थिक करिडोरमा जोडिएको छ । यो करिडोर कश्मिर हुँदै जाने छ । यसमार्फत सडक, उर्जा, सूचना र औद्योगिक पार्क निर्माण गरिने छ । यसलाई कजाकिस्तान, किर्गीस्तान, ताजिकिस्तानसम्म जोडिने बताइएको छ ।


  •  
  •  
  •