तिब्बत सरकार प्रमुख आज नेपाल आउँदै

151
  •  
  •  
  •  

काठमाडौं १० कात्तिक ।

उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष लियो साङ जियाङ सुन नेपालको चार दिने भ्रमणका लागि आज राजधानी आइपुग्दैछन् । पाँच उच्च पदाधिकारीसहित एक दर्जन अधिकारीको नेतृत्व गर्दै उनी नेपाल आउन लागेका हुन् ।

तिब्बत विरोधी गतिविधी र सुरक्षाको मामिलामा निकै चनाखो रहेको चीनका तर्फबाट यस प्रकारको उच्चस्तरीय भ्रमण नेपालतर्फ लगातार रुपमा भइरहेको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार एक चीन नीतिमा अडिग नेपालमा पनि तिब्बतको विषयलाई लिएर विदेशीहरुको गतिविधी बढेको भनिरहेको अवस्थामा उनको नेपाल भ्रमण हुन लागेको हो ।

उनले यहाँ रहदा लुम्विनी र पोखराको भ्रमण समेत गर्नेछन् । ुचीनका तर्फबाट हुने यो नियमित भ्रमणमध्येको एक हो खासै एजेण्डागत विषयमा छलफल हुने देखिदैन । यो शिष्टाचार भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले बताए ।

उनले राष्ट्रपति रामबरण यादब, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •