सी जिनपिङको तलब १,८५४ डलर मात्रै

100
  •  
  •  
  •  

Xi_Jingping_20150121090412काठमाडौं ७ माघ ।  विश्वकै सबैभन्दा बढी जनसंख्या र अर्थतन्त्रका आधारमा दोस्रो ठूलो मुलुकका राष्ट्रपतिको तलब कति होला? सुन्दा अचम्म लाग्ला तर चिनियाँ सरकारले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रपतिको तलब वाषिर्क २२ हजार २ सय ५६ डलर देखिएको छ। जुन मासिक रूपमा हेर्दा १८ सय ५४ डलर हुन्छ। यो तलब पनि सरकारले केही अघि गरेको ६२ प्रतिशतको वृद्धि पुगेको हो।

चीनका प्रमुख सात नेताको मासिक साधारण तलब ७ हजार २० युआनबाट बढेर १ हजार ८ सय ५४ युआन -१८ सय ५४ डलर) पुगेको चाइना डेलीले मंगलबार उल्लेख गरेको छ। साधारण तलबबारे जानकारी दिए पनि अन्य भत्ता र सुविधाका लागि उपलब्ध हुने रकमबारे खुलाइएको छैन। १ अर्ब ४० करोड जनसंख्या भएको मुलुकका प्रमुखको तलब वृद्धि भए पनि समकालीन अन्य नेताभन्दा धेरै पछि रहेको देखिन्छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले वाषिर्क ४ लाख डलर तलब मात्र थाप्छन्। जुन मासिक ३३ हजार ३ सय ३३ डलर बराबर हुन्छ। योसहित अमेरिकी राष्ट्रपतिले वाषिर्क ५० हजार साधारण खर्च, १९ हजार मनोरञ्जन, १ लाख डलर भ्रमण खर्च

पाउने गर्छन्। जिनपिङसँगै चीनका लाखौं सरकारी कर्मचारीको तलब बढेको छ। सरकारले जारी राखेको सुधारका कार्यक्रमअन्तर्गत यस्तो वृद्धि भएको हो। चीनमा सरकारले लिएको भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत तलब वृद्धि भएको मानिन्छ।

जिनपिङले तीन वर्ष देखि यस्तो अभियान चलाइरहेका छन्। तर पनि चिनियाँ सरकार वा पार्टीका नेतृत्वमा रहेका व्यक्तिको सम्पत्तिबारे सर्वसाधारणलाई जानकारी छैन। अन्य धेरै मुलुकमा जस्तो सूचना सार्वजनिक हुँदैन। चिनियाँ कम्युनिष्ट पार्टीले

अान्तरिक रूपमा यस्तो जानकारी उपलब्ध गराउनुपर्ने नियम भने बनाएको छ। तर नियमअनुसार सूचना उपलब्ध भए नभएको जानकारी बाहिर आएको छैन। सरकारी कर्मचारीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग राख्दै अभियान चलाउने केही जेलसमेत परेका छन्। सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएपछि गत नोभेम्बरमा सरकारी जागिरको आकर्षण घटेको देखियो। उक्त महिना सरकारले लिएको परीक्षामा ५ वर्षकै न्यूनको उपस्थिति रहेको उल्लेख छ।


  •  
  •  
  •