इन्धन सम्झौता गर्ने टोली आज मात्रै जाने

197
  •  
  •  
  •  

काठमाडौं ५ मंसिर (ओएनएस) : हिजो अन्तिम समयमा रोकिएको इन्धन सम्झौता गर्न चीन जान लागेको सरकारी टोली आज जाने भएको छ ।
हिजो चीन जाने भनिएको टोली रिोकिएको थियो । आपूर्ति मन्त्री गणेशमान पुनले आज टोली जाने हिजो पत्रकार सम्मेलन गरि जानकारी गराएका थिए । निगमका अनुसार चीनमा आज र भोली सार्वजनिक विदा परेकोले शुक्रवार जाँदा दुई दिन कुर्नु पर्ने भएकोले निगमको टोली नगएको हो । अब आजमात्रै निगमको टोली चीन जाने बताइएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा ७ सदस्यीय टोली शनिबार बेइजिङ जाने भएको हो। टोली भोलि दिउँसो २ बजेतिर चीन प्रस्थान गर्ने कार्यक्रम छ । टोलीमा वाणिज्य मन्त्रालयसहित कानुन मन्त्रालय, अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, नापतौल विभागका प्रतिनिधि रहनेछन् ।
भ्रमणका क्रममा नेपाल आयल निगम र चाइना नेशनल पेट्रोलियम कर्पोरेशन पेट्रो चाइनासँग इन्धन खरिद सम्बन्धी व्यापारिक सम्झौता हुने छ ।


  •  
  •  
  •